सिकाइ केन्द्रद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७५
hemja bahuudeshya help progrem photo_Fotor

बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र हेमजाले पोखरा वृद्घश्रममा सहयोग गर्दै। तस्वीरः आदर्श समाज।

हेमजा, २८ फागुन। १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र हेमजाले पोखरा वृद्घश्रममा सहयोग गरेको छ।

केन्द्रले ७० जना वृद्घवृद्घालाई पछेउरा, पटीकोट कपडा लगायत फलफुल वितरण गरेको हो।

यस्तै, केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति वार्डमा ४० जना शिशुका लागि टोपी, भोटो र सुरवाल वितरण गरेको केन्द्रका अध्यक्ष कृष्णबहादुर कुँवरले जानकारी दिए।

सो अवसरमा हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिना, केन्द्रका अध्यक्ष कुँवर, सचिव गंगा त्रिपाठी, सदस्य कमलमणि त्रिपाठी, समाजसेवी दयाराम बास्तोला लगायतले धारणा राख्दै सहयोगको सदुपयोग हुनुपनेर्मा जोड दिए।

आश्रमका अध्यक्ष बलबहादुर भण्डारीले सहयोगको सदूपयोग गर्ने प्रतिबद्घता जनाए। कार्यक्रम केन्द्रका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width