घुस लिएको आरोपमा मुद्दा दायर

रासस
फागुन २७, २०७५
aa

  •  परीक्षामा उत्र्तीण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर
  • पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उत्र्तीण गराइदिन्छु भन्दै घुस लिएकाशिक्षक शाहीले
  • २५ हजार घुस लिएको अभियोग लागेको छ

काठमाडौँ,२६ फागुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चलविश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उत्र्तीण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षार्थीलाई परीक्षामा उत्र्तीण गरिदिन्छु भन्दै शिक्षक शाहीले २५ हजार घुस लिएको अभियोग लागेको छ । परीक्षामा असफल भएका परीक्षार्थीबाट शाहीले अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत् एक छात्रसँग मिलेर पैसा उठाएको अभियोग लागेको छ ।

यस्तै वन डिभिजन कार्यालय बाँकेमा कार्यरत वन रक्षम हरिकुमार चन्द विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । निजी जग्गामा रहेको विभिन्न जातका गोलिया काठमा टाँचा लगाई पूर्जी दिने प्रयोजनका लागि वन रक्षक चन्दले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोग लागेको छ । आयोगले फरेस्टरद्वय बहादुर केसी र केशवबहादुर वलीको समेत मिलेमतो रहेको पाइएको उल्लेख गर्दै उनीहरु विरुद्ध समेत मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले आजै साविक मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक नेपालगञ्जमा सहायक अधिकृत पदमा कार्यरत पुष्पा दूराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । त्यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरण सेती फेवा पावर हाउस पोखरामा कार्यरत इलेक्ट्रिक फोरमेन बलदेव गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्बली रहेको अभियोगमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width