काठमाण्डौ, २६ फागुन । शकका कारण अस्पताल भर्ना भएका शिशुहरुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् । चेरिफको राजीनामा उनको मन्त्री नियुक्तिको ठीक चार महिनापछि आएको हो ।
मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो । ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।
प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तरी अमेरिकामै उत्कृष्ट मानिन्छ । साथै चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोत मानिन्छ ।
तर सन् २०११ मा राष्ट्रपति जिन अल अबिदिनको सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ । आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण औषधि अभाव लगायतका समस्या ट्युनिसियाले झेल्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१