हिम पहिरोमा परी नेदरल्याण्डका नागरिकको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७५
Acherkogel_Maningkogel_NE


पोखरा,२५ फागुन । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका—१ स्थित क्याङ्दी भीरमा हिम पहिरोमा पुरिएको नेदरल्याण्डका नागरिक र एक ट्रेकिङ गाईडको मृत्यु भएको छ ।

नेदरल्याण्डका नागरिक पासपोर्ट नं NNl64pch5 का  Mr. Vincend jin bloen शुक्रवार हिम पहिरोले पुरिएको अवस्थामा शव निकालिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । त्यसैगरी उनीसँगै ट्रेकिङ गाईडको रुपमा गएका धादिङका ३५ बर्षीय अजय ढकालको शव शुक्रवार साँझ फेला परेको थियो ।

उनीहरू अन्नपूण  अधार  शिविर ट्रेकिङ पुरा गरी फर्कने क्रममा फागुन २३ प्रतिकुल मौसमका कारण उनीहरुलाई हिम पहिरोले पुरेको थियो । घटना लगत्तै मनाङ प्रहरीले खोजि कार्य गरेको र गाईड ढकाललको शव शुक्रवार फेला परेको थियो भने नेदरल्याण्डका नागरिकको शव शििनवार फेला परेको प्रहरीले जनाकारी दिएको छ । प्रहरीले उक्त ट्राभल कम्पनीका संचालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ढकालको शव शल्यपरीक्षण गरी शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width