प्याराग्लाईडिङ दुर्घटनामा रसीयन नागरिकको मृत्यु

आदर्श समाज संवाददाता
फागुन २१, २०७५
PARAGLIDING_IN_NEPAL


पोखरा, २१ फागुन । पोखराको सराङ्कोटमा मंगलबार विहान ११.३५ वजे प्याराग्लाइडिङ दुर्घटना हुदा एक रसीयन नागरिकको मृत्यु भएको छ ।

सराङ्कोटमा उडान भरेको केही समयमा नै रसीयन नागरिक Dmidvil  Stepanisil नाम गरेका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरक्षिक ओम रानाले जानकराी दिए । उनको बर्ष भने खुलेको छैन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई पोखराको सृजनाचोक स्थित मेट्रो सिटी अस्पताल ल्याइएको भएपनि उनको वाटोमै मृत्यु भइसकेको थियो । मेट्रोसिटी अस्पताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

तीन दिन अघि आइतबार पोखराको खपौदीमा प्याराग्लाईडिङ तालमा खस्दा एक रोमानीयाका नागरिकको मृत्यु भएको थियो भने सोमवार दुई प्याराग्लाईडिङ चालक घाइते भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै