पोखरा, १८ फागुन । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्की निर्वाचन क्षेत्र नं २ बाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् ।
उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको अन्त्यष्टिमा शुक्रवार पोखरा आएका गौतमलाई उपनिर्वाचन सहभागी हुने आशंक र हल्ला चलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको प्रचार ल्याइएको प्रति उनले आपक्ति जनाउदै र त्यस्तो प्रचारको खण्डन गर्दै आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् । गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् ।
यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो’, गौतमले शनिबार फेसबुकमा लेखेका छन् ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ, जीवनभर दिने पनि छैन ।
मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रवीन्द्रको दुःखद् निधनवाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार बनाउनेमा लगाउने छु, उनले भने ।
पार्टीले उम्मेदवार बनाए पनि आफू अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार नबन्ने गौतमले प्रष्ट पारेका छन् । बरु उक्त निर्वाचन क्षेत्रमा अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनु पर्ने गौतमको भनाइ छ ।
रवीन्द्रको शुक्रवार पोखराको रामघाटमा गरिएको अन्त्येष्टिसँगविभिन्न शंका आशंका गर्न थालिएको छ । अन्त्येष्टिमा पुगेका नेता तथा कार्यकर्ताको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्रवाट अव उम्मेदवारी कस्ले पाउने भन्ने बारेमा टिका टिप्पणी भइरहेको थियो ।
नेकपाका नेता तथा कार्यकर्ताले नेकपावाट उपनिर्वाचनमा उम्मेदवारी रवीन्द्रकी पत्नी विद्या, सोमनाथ प्यासी, वामदेव गौतम, धनराज आचार्य, रश्मी आचार्य, तेजनारायण अधिकारी, राजकाजी गुरुङ, लगायतको नाम सुन्नमा आएको छ भने काँग्रेसका कार्यकर्ता पुन देवराज चालिसे, सोवीयत अधिकारी लगायतका चर्चा सुनिएको छ ।
Related News
सम्बन्धित समाचार
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज
नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१