दमौली, १८ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत तनहँुको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नंको कार र बुर्तिबाङबाट काठमाडाँै जाँदै गरेको ना७ख २८४४ नंको बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो ।
सुनारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा कार चालक कास्कीका ३४ वर्षीय सुनिल गुरुङ र व्यास नगरपालिका–२ का २८ वर्षीय सुन्दर गुरुङ घाइते भएका छन् । घाइते दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१