पोखरा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको अप्रिय घटनाप्रति विभिन्न संघसंस्था तथा राजनीतिक दलसम्बद्धबाट दुःख व्यक्त गरिएको छ ।
नेकपा सचिवालय बैठकले शोकप्रस्ताव पारित गर्दै दिवंगत मन्त्री अधिकारीसहित सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको सचिवालय बैठकले सो शोक प्रस्ताव पारित गरेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् ।
उनीद्वारा विहीवार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निदेर्शक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिदेर्शक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निदेर्शक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरिएको छ।
अधिकारीको निधनबाट हामीलाई अपूरणीय क्षति भएको छ र गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उहाँद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। उनले भनेका छन्् “मन्त्री अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नुका साथै जनप्रतिनिधि, संसद्को विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भूमिकामा समेत आफूलाई अब्बल सावित गर्दै आउनुभएको थियो।”
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मन्त्री अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताएका छन् ।
जिसीले शोक विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन्। पोखरा–३३ मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रूपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहेको जिसीले स्मरण गरेका छन्।
उनले अधिकारीको निधनले मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान्, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको व्यक्त गरेका छन्।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१