नेपालका अधिकाशं भू—भागमा बर्षा

रासस
फागुन १५, २०७५
rain photo


पोखरा, १५ फागुन । कास्कीमा मंगलवार साँझदेखि नै पानी परेको छ । मौसम विद्का अनुसार नेपालका अधिकाशं भागको १६ गतेसम्म बर्षा हुने पूर्वनुमान गरिएको छ । कास्कीमा भने विहीवार मौसम खुल्ने सम्भावना छ ।

मौसमविद् मञ्जु बासीले बुधवार काठमाडौं उपत्यकासहित देशभरजसो मेघगर्जनसहित वर्षा हुने बताइन् । मेघगर्जनसहित वर्षासँगै चट्याङको पनि खतरा रहेको जानकारी उनले दिइन् ।

पश्चिमी वायुको प्रभावले अहिले पूर्वी र पश्चिमी जिल्लाका उच्च पहाडी भू—भागमा हिमपात तथा देशका धेरै ठाउँमा पानी परिरहेको छ। मौसमविद् बासीले भनिन ‘पोखरा, नेपालगन्ज, भरतपुरमा अहिले पानी परिहेको छ भने जोमसोमलगायत हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले भनेको छ—‘बुधबार देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। देशको पश्चिमी भू—भागका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। मध्य र पूर्वका अधिकांश स्थानमा हल्का वर्षाको संभावना छ। देशका उच्च हिमाली भू—भागहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना छ।’

मौसमविद् बासीका अनुसार विहीवार मौसम खुल्ने सम्भावना छ। तर केही ठाउँमा हल्का वर्षाको सम्भावना भने छ। ‘अहिले भएको मौसम बदली मंगलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव हो भने पश्चिमी क्षेत्रमा पहिलेदेखिकै पुरानो प्रभाव छ।’
पन्ध्र गते बुधवार देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। देशको पश्चिमी भू—भागका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। साथै मध्य र पूर्वका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

विहीवार देशको पूर्वी तथा मध्य भूभागलगायत पश्चिमी पहाडको भू—भागमा आंशीकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशीक बदली रहने देखिन्छ । देशको पूर्वी भू—भागलगायत मध्य र पश्चिमी पहडाी भूभागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। छ। देशका उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना छ। देशको पहाडी भूभागमा आंशीक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width