पोखरा—३१ मा मेलमिलाप केन्द्र

एजेन्सी
फागुन १४, २०७५
20190226_115641


पोखरा १४ फागुन । पोखरा—३१ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

केन्द्रको मंगलबार पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलाप मार्फत समाजमा सद्भाव कायम हुने दावि गरेकी छन् ।

उनले मेलमिलापकर्ता न्यायिक समितिकै अंग भएको बताउदै पक्ष विपक्ष दुवैलाई सहमतिमा ल्याएर विवाद समाधान गर्न आग्रह गरिन् । मेलमिलापकर्ताको भूमिका स्थानीय सरकार सञ्चालन ऐन र महानगर न्यायिक समितिको कार्यविधि भित्र रहेर मेलमिलाप गराउन आग्रह गरिन् ।

न्यायिक समिति सदस्य पार्वती कार्कीले प्रभावकारी बनाउन संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेका व्यवस्थामा टेकेर न्यायिक समितिले काम गर्ने बताइन् ।पूर्व जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीले विवाद समाधानको सर्वोत्तम उपाय मेलमिलाप भएको बताए ।

विवाद समाधानका विभिन्न उपाय मध्य मेलमिलाप उत्तम हो । अदालतमा मुद्दा दिर्दैमा दिगो समधान हुदैन तर मेलमिलापले छिटो न्याय पाउने र समाजमा सकरात्मक प्रभाव पार्ने तिवारीले बताए ।

वडा नम्वर ३१ का अध्यक्ष कमल थापाले वडामा हुने विवाद समाधानमा मेलमिलाप कर्ताको भूमिका महत्वपूर्ण हुने बताए । उनले वडाका विवादलाई महानगर वा अन्य ठाँउमा जाने अवस्था हुन नदिने गरी मेलमिलाप गराउन आग्रह गरे ।

पोखरा महानगरपालिकाको न्यायिक समितिले पहिलो चरणमा दश वडामा न्यायिक समिति गठन गर्ने कार्य सम्पन्न गरेको छ। नेपालको संविधानले स्थानीय तहका विवाद समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरेको छ ।
। सूचिकृत हुन १ सय १० भन्दा बढीले निवेदन दिएका थिए । ती मध्य ८७ जना ब्यक्ति र एक संस्था गरि ८८ जना मेलमिलापकर्ता न्यायिक समितिले छनोट गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width