दार्चुला, १४ फागुन । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा मंगलवार विहान पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए । नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन् ।
घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए । मानसिंहको हातमा चोट लागेको छ । दार्चुला–तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । दिउँसो ओहोरदोहोरमा समस्या हुने भए पछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए ।
दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनियर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ । राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१