राउटेलाई एक हजार पाँच सयको जागिर

रासस
फागुन १२, २०७५
rauta

/fp6] ;d’bfo ;’v]{tsf] n]saF]zL gu/kflnsfl:yt Hofld/] hËndf a:b} cfPsf lkm/Gt] /fp6] ;d’bfo . tl:a/ M k|sfz clwsf/L, ;’v]{t, /f;;

वीरेन्द्रनगर, १२ फागुन । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।

राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रमा उनीहरुले प्रतिव्यक्ति मासिक एक हजार ५०० पाउने भएका छन् । नियुक्तिपत्र प्रदान गर्दै सोसेकका पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको बताए ।

नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा महिला समूह गठन गर्नुपर्ने हुन्छ । त्यसैगरी समुदायका लागि चाहिने काठको व्यवस्थापन गर्नका लागि सामुदायिक वनसँग समन्वय गर्नुपर्नेछ । त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणको लागि सर्वाेत्तम पिठो पनि प्रदान गरिएको छ । बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरुलाई सर्वाेत्तम पिठो प्रदान गरिएको हो ।

सोसकले सञ्चालन गरेको राउटे परियोजना अन्तर्गत अहिले राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अहेवको व्यवस्था गरिनुको साथै परियोजना अनुसार उनीहरुको समस्याका बारेमा ध्यान दिने गरिएको छ । उनीहरुको बालबालिकालाई पढाउने शिक्षकको पनि व्यवस्था गरिएको छ । सो समुदायकी शिक्षक दुर्गा खत्रीले यस समुदायमा उचित स्याहारको कमीका कारण नवजात शिशुको मृत्यु हुने गरेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width