दाहालको शैलीमा पहाडीको टिप्पणी

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
pahadi_Fotor

बुटवल, २६ माघ । मानवअधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर जारी गरेको विज्ञप्तिमा अमेरिकालाई गाली गर्न नहुने बताएका छन्।

रिपोटर्स क्लब प्रदेश ५ बुटवलले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मानवअधिकारीवादी नेता कृष्ण पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भेनेजुएलाको समर्थन दाहालले गर्न पाउने तर अर्को पक्ष अमेरिकालाई गाली गर्न नमिल्ने बताए।

उनले यो प्रकरणमा विश्वमा जनमत विभाजित भैरहेको भन्दै चीन भारतका आ–आफ्नौ अन्तराष्ट्रिय स्वार्थ रहेको सोही अनुसारको धारणा बनाएको बेला नेपालका नेताहरु पनि आफ्नो धारणा राख्नु गलत नहुने तर एउटालाई समर्थन गर्दा अर्को पक्षलाई गाली गर्न नहुने बताए।

उनले भने, ‘उहाँ (दाहाल) ले आफ्नो धारणा राख्नु स्वावभिक होला तर अहिले नै अमेरिकालाई नानाथरीले गाली गर्नु उपयुक्त होइन किनकि अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन।’

पहाडीले नेपालमा भ्रष्टाचार तिनै तहमा देखिएको भन्दै भ्रष्टाचारलाई शून्य सहनशीलतामा ल्याउनको लागि सबै एकजुट हुनुपर्ने बताए। जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको राजीनामाको माग दोहो¥याए।

उनले प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठूलो कमजोरी भएको टिप्पणी गरे । उनले स्थानीय तहमा समेत भागभन्डा गरेर भ्रष्टाचार गर्ने चलन वृद्धि भएको बताए।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width