पोखरा, २४ पुस । लोककवि अलि मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।
हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ । लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवस फागुन १७ गते आयोजना हुने समारोहमा मरणोपरान्त सम्मानित गरिने हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् ।
साहित्यकार अनील पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अलि मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान पुरस्कृत भइसकेका छन् ।
सोही समारोहमा साहित्यकार पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरु’ पनि लोकार्पण हुनेछ । गीत सञ्चयन हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो । पहारीका यसअघि देशको अभिभारा कविता सञ्चयन र उत्तरी गोलाद्र्धको एक फन्को नियात्रा प्रकाशित छन् ।
लोककवि अलि मियाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा १३ को मियाँपाटनमा भएको हो । सरल भाषामा गहिरो भाव पोख्न खप्पिस लोककवि जीवनभर नेपाली गाउँबेसीका भाका गाउँदै हिडे । उनको २०६३ साउन १८ गते निधन भयो । उनका केही गीत हरिदेवी कोइराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सिग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझी लगायतले गाएका छन् ।
अलिमियाँ धार्मिक सहिष्णुताका एक नमूना थिए । उनको योगदान, कृति र समग्र लोक साहित्यको विकासका लागि अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान क्रियाशील छ । उनका प्रकाशित कृतिमा वीरक्तलहरी, महेन्द्रलहरी, न्याउलीको पुकार, पहाडको उद्गार, सेतीको सुस्केरा, उज्यालो भैसक्यो, सम्झनाको दीयो, अलि मियाँको आवाज छन् ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१