छोटी भन्सारमा सुरक्षा व्यवस्था गर्न प्रदेश सरकारको माग

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
DCIM103MEDIA

DCIM103MEDIA

पोखरा, २० माघ।गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने निर्णय गरिएको हो। ‘भन्सार खुलाउन पहिले नै आग्रह गरिसकेका छौं।

त्यसको कुनै प्रतिक्रिया आएको छैन, सरकारका प्रबक्ता रामशरण बस्नेतले भने–तत्कालका लागि त्यस क्षेत्रको सुरक्षा र केही आवश्यक कर्मचारी ब्यवस्था गरिदिन माग गरेका छौं।’

गण्डकी प्रदेशको प्रदेश मामिला समितिले पुस ६ गते दक्षिणी नाकाको भ्रमण गरेको थियो। सोही समितिको प्रतिबेदनका आधारमा इलाका स्तरीय जनपथ र सशस्त्रको युनिट ब्यवस्था गरिदिन सरकारले माग गरेको हो। सरकारले प्रहरी र कर्मचारीको संख्या भने तोकेको छैन। यो भन्सारमा अहिले सामान्य आवातजावत भएपनि ब्यापारिक हिसावले माल सामान आयात निर्यात गर्ने र भन्सार उठाउने काम भएको छैन।

यसैबीच, प्रदेश सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा सरकारले विशेष कार्यक्रम सहित फागुन ३ गते बार्षिकोत्सव मनाउने भएको छ। यसका लागि अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम आयोजक समिति गठन गरिएको छ। त्यस दिन उत्कृष्ट कर्मचारी सम्मान सहित अन्य विविध कार्यक्रम गरिने प्रबक्ता बस्नेतले बताए।

बैठकले सरकारको खर्च मापदण्ड  निदेर्शिका समेत स्विकृत गरेको छ। योसँगै अव सरकार र मातहतका निकायले खर्च गर्दा कुन कार्यक्रममा कति खर्च गर्ने स्पष्ट खाका तयार भएको छ। प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि पनि पारित भएको छ।

सरकारले प्रदेशभित्रका ११ वटै जिल्लामा १ सय ३६ जना स्वयंसेवक परिचालन गर्न पाउनेछ। तर यसका लागि सरकारसँग माग गर्नुपर्छ।

‘डिमाण्डका आधारमा स्वयंसेवक परिचालन गर्ने हो। उनीहरूले तलव समेत पाउँछन्, बस्नेतले भने–जिल्ला अनुसार कोटा फरक छ। यस्ता स्वयंसेवक बढीमा २ वर्षका लागि नियुक्त हुन्छन्।’

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width