एक सय महिलाको उद्धार

एजेन्सी
माघ २१, २०७५
women trafficing

पोखरा, २० माघ। अवैध रूपमा विभिन्न मुलुक लैजान लागिएका एक सय बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्धार गरिएको छ।

ती महिलालाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको हो। इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्धार गरेको हो।

७० भन्दा बढी नेपाली महिलालाई अवैध रूपमा मणिपुरको बाटो हुदै म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएको थियो। उक्त सूचनाको आधारमा मणिपुर प्रहरीले दुई दिनदेखि नै सर्च अपरेशन चलाएको थियो।

उद्धार गरिएका महिलामा एक सय बढी नेपाली छन्। समाज कल्याण विभागको आश्रम गृहमा राखिएका ती नेपाली महिलालाई छिट्टै नेपाल ल्याइने बताइएको छ। मणिपुरको बाटो भएर नेपाली महिला पठाएको सार्वजनिक भएको यो पहिलो घटनो हो।

उनीहरूलाई अवैध रूपमा लैजान खोज्ने दुई जना नेपालीसमेत पक्राउ परेका छन्। पक्राउ पनेर्मा एक जना सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ भएको बताइएको छ। नेपाल सरकारले महिला घरेलु कामदारको रूपमा लैजान रोक लगाएसँगै दलालले विभिन्न मार्ग प्रयोग गर्दै आएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width