कृषि विकास बैंकको रक्तदान

आदर्श समाज सम्वाददाता
माघ ८, २०७५
Shantideep Abhiyan Blood Donation Photo

पोखरा, ७ माघ। कृषि विकास बैंक लिमिटेडको ५२ औं वार्षिकोत्सव अवसरमा पोखरामा सोमबार रक्तदान गरिएको छ।

कृषि विकास बैंक कर्मचारी संगठन नेपाल गण्डकी प्रदेशले आयोजना गरेको रक्तदानमा ३५ जनाले रक्तदान गरेको सहसंयोजक भेषराज घिमिरेले जानकारी दिए।

कृषि विकास बैंक मुख्य शाखा पोखराका प्रबन्धक चूडामणि अधिकारीले पहिलो रक्तदाता घनेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रबन्धक अधिकारीले कर्मचारी संगठनले सामाजिक उत्तरदायित्वका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। संगठनका सल्लाहकार महेश पौडेलले पेशागत हक, हितसँगै मानवीय सेवामा संगठनले जोड दिँदै आएको उल्लेख गरे।

अर्का सल्लाहकार टेकराज तिमिल्सिनाले रक्तदान जीवनदान जस्तो कार्य गरेर संगठनले रचनात्मक काम गरेको बताए।  कृषि विकास बैंक कर्मचारी संगठन नेपाल गण्डकी प्रदेशकी संयोजक तारादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक भेषराज घिमिरेले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width