पोखरा, १ माघ। सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईंले शपथ ग्रहण गरेका छन्। प्रसाईंले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
बैंकको सम्पन्न चौंधौ वार्षिक साधारण सभाबाट निर्वाचित ६ संचालकमध्ये नवनिर्वाचित संचालकको २ सय २४ औ बैंठकबाट प्रसाई सर्वसम्मत अध्यक्ष चुनिएका थिए।
बैंक तथा बित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लागू भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसँगै तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकसमक्ष शपथ लिनुपर्ने व्यवस्थाबमोजिम शपथ लिइएको हो। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निदेर्शक नारायणप्रसाद पौडेलको उपस्थितिमा अध्यक्ष प्रसाईले शपथ लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।
काठमाडौं बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैकले आ.ब. २०७५/७६ को दोस्रो त्रैमासमा करिब १८ अर्ब ५० करोड निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरी करिब २९ करोड ५० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१