पत्रकार जोशीको निधन

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
late upendra joshi_Fotor

नवलपरासी, १ माघ। नवलपरासीका अग्रज पत्रकार उपेन्द्रकुमार जोशीको ७३ वर्षको उमेरमा निधन भएको छ।

विनयी त्रिवेणी ६ निवासी जोशी पत्रकार महासंघ नवलपरासी सदस्य एवं पत्रकार महासंघका पूर्व पार्षद थिए।

यसैबीच पत्रकार महासंघ नवलपरासी अध्यक्ष होमराज रानाभाटले शोकवक्तव्य जारी गर्दै जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बिहान घरमै रहेको समय एक्कासी बिरामी परेका उनलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको उनका जेठा छोरा अचलकुमार जोशीले बताए।

अस्पतालले जोशीको रक्तचाप कमीको कारण निधन भएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width