एलपी देवकोटा मेमोरियलमा तालिम

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
L_Fotor

पोखरा, ३० पुस। पोखरा–१७, बिरौटास्थित एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूलले तालिम तथा अन्तरक्रिया गरेको छ।

दुई दिनसम्म आयोजित कार्यक्रममा विद्यालयले शिक्षकहरुका लागि तालिम र अभिभावकसँग अन्तरक्रिया गरेको हो।

कार्यक्रममा अध्ययन स्कूल काठमाडौंका निर्देशक शरणकुमार अर्याल र नेपाल मन्टेश्वरी एशोसिएसन काठमाडौंकी कोषाध्यक्ष विष्णु पोखरेल अर्यालले सहजिकरण गरेका थिए।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेशका निर्देशक हरिहर पौडेल, प्राचार्य अमबहादुर रेग्मी, विद्यालयका निर्देशक विश्वनाथ आचार्य, शिक्षकहरु गणेश बराल, मदनकुमार मैनाली, सविना भण्डारीले बोलेका थिए। कार्यक्रम एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूल व्यवस्थापन समितिका अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width