पोखरा, २८ पुस। पोखरा–८, सभागृहचोकस्थित नयनतारा कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
वनभोजबीच भएको साधारणसभामा सहकारी अध्यक्ष नृपेश अधिकारीले आगामी दिनमा कर्मचारी, सञ्चालक समिति, लेखा समिति, ऋण लगानी उपसमिति र सेयर सदस्यलाई तालिम व्यवस्था गर्ने बताए । उनले कृषि कर्जा र शैक्षिक कर्जामा न्यून ब्याजदर राखी कृषि कार्यक्रम अगाडि बढाउने र पशु व्यवसायपालनको निम्ति उपयुक्त स्थानको अध्ययन गरिने बताए।
सहकारी कोषाध्यक्ष विष्णुप्रसाद पहारीले सहकारीका नीति नियमलाई आधार मानी सामूहिक जमानी कर्जा, धितो कर्जा, हायरपर्चेज कर्जा र मुद्दती रसिद धितो कर्जा लगानी गरेको जानकारी दिए।
कार्यक्रममा सेयर सदस्यतर्फबाट सोमप्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए।
साधारणसभाले सहकारी कोषाध्यक्ष विष्णुप्रसाद पहारीको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रति त्रिपाठी ढकालको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
सहकारी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अमृतकुमार बराल, सल्लाहकार शिव भुजेलले सहकारीका सात सिद्धान्त वाचन र सचिव सन्तोष त्रिपाठीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१