रोटरी पोखरा लेकसाइडको चार्टर नाइट

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५
rotary pokhara lakeside charter night_Fotor

पोखरा, २२ पुस । रोटरी क्लब अफ पोखरा लेकसाइडको तेस्रो चार्टर नाइट सम्पन्न भएको छ । जनवरी ५ मा स्थापित रोटरी पोखरा लेकसाइडका चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ हुन् ।

कार्यक्रममा चार्टर प्रेसिडेन्ट श्रेष्ठ, क्लब प्रेसिडेन्ट जयराम पौडेल, प्रेसिडेन्ट इलेक्ट घराना थकाली, प्रेसिडेन्ट नोमिनी अर्जुन खनाल, सल्लाहकार विनोद कोइरालाले चार्टर नाइड डे अवसरमा केक काटेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताले क्लबले आगामी दिनमा निर्माण गर्न लागेको रोटरी किड्नी केयर सेन्टरको आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरा बिरौटामा साढे २ करोड रुपैयाँ लागतमा सो किड्नी केयर सेन्टर निर्माण गरिने योजना रहेको क्लब प्रेसिडेन्ट पौडेलले जानकारी दिए ।

क्लब प्रेसिडेन्ट जयराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार विनोद कोइराला, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट घराना थकाली, प्रेसिडेन्ट नोमिनी अर्जुन खनाल, रोटरियन रोहितराज बास्तोलालगायतले बोलेका थिए । क्लबले हालैमात्र नेपाल रेडक्रस सोसाइटी कास्कीलाई एम्बुलेन्स सहयोग गरेको छ । क्लबमा हाल ५२ जना सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width