लुम्बिनी घुम्ने पर्यटक बढे

आदर्श समाज सम्वाददाता
पौष २२, २०७५
butwal_Fotor

बुटवल, २१ पुस। स्थलमार्गहुँदै नेपाल आउने पर्यटक संख्यामा वृद्धि भएको छ। सन् २०१८ मा स्थल नाका बेलहियाबाट नेपाल आउने विदेशी पर्यटक १० प्रतिशतले बढेका हुन्।

अध्यागमन कार्यालय भैरहवाका अनुसार वर्ष सन् २०१८ मा एक लाख ६६ हजार २ सय ३५ पर्यटक स्थलमार्टबाट नेपाल आएका छन्। यो तथ्यांक भारतीय बाहेकको हो।

स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्यांक राखिँदैन। गत वर्ष सन् २०१७ मा यो नाका हुँदै एक लाख ५० हजार ८ सय ४१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। पछिल्ला वर्षहरुमा स्थलमार्गबाट नेपाल भित्रिने फासपोर्ट होल्डर पर्यटकको संख्या बढ्दै गएको अध्यागमन कार्यालय भैरहवाले जनाएको छ। यो नाका हुदैं नेपाल आउने अधिकाश पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीमा आउने गर्दछन्।

२०१८ मा स्थलमार्ग बेलहियाबाट नेपाल प्रवेश गर्नेमा सबैभन्दा बढी श्रीलंकाका पर्यटक छन्। ५८ हजार ७ सय ६३ जना श्रीलंकनहरू स्थलमार्गबाट आएका छन् भने थाइल्याण्डका ३२ हजार ७ सय ९२, म्यान्मारका ३० हजार ५९, भियतनामका ७ हजार २ सय ४१, दक्षिण कोरियाका ६ हजार ८ सय ६६, चीनका ५ हजार २५ जना बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका छन्। यस्तै अन्य देशको पर्यटक बढे पनि स्थलमार्गबाट आउने थाई पर्यटकको संख्यामा भने केही कमी आएको छ। अघिल्लो वर्ष ३३ हजार ६ सय ९३ जना आएकोमा यो वर्ष ३२ हजार ७ सय ९२ मात्रै आएका छन्।अमेरिकीहरू २ हजार ३ सय ७९ जना, कम्बोेडियाका २१ सय ७५, नेदरल्याण्डका १६ सय ९४, बेलायतका १५ सय ४८, इण्डोनेशियाका १४ सय ४३, अष्ट्रेलियाका १३ सय ४७, जर्मनका १२ सय ६७, जापानका १२ सय ५४, मलेसियाका ११ सयउ ६०, फ्रान्सका ११ सय ३६ जना नेपाल भ्रमणमा आएको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ।स्थल नाकाबाट सबैभन्दा बढी २०१८ मार्चमा २८ हजार ८ सय ४८ पर्यटक आएका थिए। त्यस्तै नोभेम्बरमा २५ हजार ४२, फेब्रुअरीमा २१ हजार ३ सय ७२, अगस्टमा १८ हजार २ सय ३३, अक्टोबरमा १७ हजार १ सय ९३ थिए। अफ सिजन रुपमा रहेको जुनमा नाकाबाट १३ सय ८८ पर्यटक आएका थिए। यो नाका हुँदै आउने पर्यटकको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। त्यसपछिका गन्तव्य पोखरा, चितवन, मनाङ, मुस्ताङ, काठमाडांै र पाल्पा पर्दछन्।

Related News

सम्बन्धित समाचार

hero news full width