सत्य, फोटुफाइभ, एलजी र मालेपाटन विजयी

आदर्श समाज सम्वाददाता
पौष १०, २०७५
football hemja photo

हेमजा, ९ पुस। दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सत्य युवा, फोटुफाइभ, एलजी ब्रदर्स र मालेपाटन एकेडेमी विजयी भए ।

सत्य युवा क्लब बाँझापाटन र डिएफसी हेमजाबीच भएको पहिलो खेलमा ३–० गोलअन्तरले सत्य युवा क्लब विजयी भयो। जितका लागि अभिनाश तामाङले जारी खेलमै पहिलो हयाट्रिक गरेका थिए।

त्यस्तै ग्रिन भ्याली लमजुङ र फोटुफाइभ एफसी काजीपोखरीबीच सम्पन्न दोस्रो खेलमा १–० गोलअन्तरले पछि पार्दै फोटुफाइभ क्लब अघिल्लो चरणमा प्रवेश गर्यो। जसका लागि अर्जुन रानाले गोल गरेका थिए।

त्यस्तै हेमजा युनाईटेड एकेडेमी तथा एलसी ब्रदर्स, लामाचौरबीचको तेस्रो खेल ३–० गोलअन्तरले एलजी ब्रदर्सले जित हात पारेको छ। जितका लागि जीवन छन्त्याल, सुशान्त गुरुङ र रोशन गुरुङले समान एक÷एक गोल गरेका थिए।

दीव्यदृष्टि युवा क्लब हेमजा र मालेपाटन एकेडेमीबीचको अन्तिम खेल २–१ गोलअन्तरले मालेपाटन एकेडेमीले आफ्नो पोल्टामा पार्यो। मालेपाटन एकेडेमीका नारायण केसीले २ गोल तथा दीव्यदृष्टिका लागि रोशन केसीले सान्त्वना गोल फर्काए।

मंगलवार पहिलो खेल युनेक एफ्सी घाचोक र सेभेनएट गाइजबीच बिहान ८ बजे हुने प्रतिष्पर्धा हुने क्लब सदस्य अमृत परियारले जनाए । सो प्रतियोगितासँगै पहिलो चरणका खेल सम्पन्न हुने र मंगलबारबाटै प्रि–क्वाटरका खेल हुनेछन् ।

विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ पुस १४ गतेसम्म जारी रहने प्रतियोगितामा प्रथमलाई १ लाख ११ हजार १ सय र उपविजेतालाई ५५ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width