पोखरा, ३ पुस । आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा नागढुंगाको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । संस्था स्थापनाको सातौं वर्षगाँठ अवसरमा सहकारीले आफ्नै भवन बनाएको हो ।
उक्त अवसरमा नयाँ भवनबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सहकारीले सम्मान गर्यो । पहिलो सेवाग्राही मीरा तुलाचन, संस्थाकी उपाध्यक्ष निर्मला घिमिरे र खेमबहादुर थापालाई सम्मान गरिएको हो ।
संस्थाकी संस्थापक अध्यक्ष इन्दिरा पौडेलले पहिलो सेवाग्राही तुलाचनलाई पहिलो चेक सटहीकर्ता, घिमिरेलाई पहिलो बचतकर्ता र थापालाई पहिलो भुक्तानीकर्ताका रुपमा सम्मान गरेकी हुन् ।संस्थाका प्रबन्धक निर्देशक ध्रुवराज पौडेलका अनुसार संस्थागत विकास, सदस्यको विश्वासिलो र अग्रणी वित्तीय सहकारी संस्थाको रुपमा परिचित गराउने परिकल्पनाअनुसार सहकारी संचालनमा आएको हो ।
‘महिला तथा विपन्नको सेवा हो हाम्रो शान, समतामूलक समाज हाम्रो अभियान’ भन्ने मूल नारासहित सहकारी संचालनमा आएको हो । सदस्यलाई नै परिचालन गरी उनीहरुको आर्थिक विकास तथा आत्मनिर्भर बनाउने, उद्योग, कल कारखाना, खुद्रा व्यापार, कृषि व्यवसायलाई टेवा पुर्याई गरिबीमुक्त व्यावसायिक एवं समृद्ध सदस्य बनाउने सहकारीको लक्ष्य छ ।
सहकारीमा हाल १ हजार १ सय ८२ जना सेयर सदस्य छन् । तीमध्ये महिला ५ सय ४४ छन् ।
‘अरु सहकारीहरु संस्थाभन्दा हाम्रो सहकारी भिन्न छ,’ प्रन्ध निर्देशक पौडेलले भने, ‘सदस्यहरु पनि तुलनात्मक रुपमा धेरै हुनुहुन्छ । सदस्यहरुकै देनले हामीहरु यहाँसम्म आइपुग्यौं ।’सहकारीको बचत १४ करोड २१ लाख रुपैयाँ रहेको पौडेलले जानकारी दिए । जसमध्ये सेयर पुँजी ६ करोड ६० लाख र लगानी १८ करोड १९ लाख रुपैयाँ छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोविन्द तुलाचन, संचालक नरबहादुर गुरुङ, टीकाराम पौडेल लगायतको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१