पोखरा, २ पुस। नेपाल निजामती कर्मचारी युनियन (संघ), कास्कीले कर्मचारी समायोजन अध्यादेशका विभिन्न १२ बुँदाप्रति असन्तुष्टि जनाउँदै देशभरबाट सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
युनियनले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रदेशका प्रमुख सचिव मार्फत ज्ञापनपत्र पठाएको हो ।
कास्कीमा युनियन आवद्व ६० जनाभन्दा बढी कर्मचारीको समूहले ज्ञापनपत्र बुझाएको सचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल निजामती कर्मचारी युनियन (संघ), गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारीले गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल र कास्कीका अध्यक्ष डार्विन लम्सालले कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा तीनै तहको ऐन जारी नगरी कर्मचारी समायोजन गर्ने व्यवस्था, पुल दरबन्दीमा कायम रहेका कर्मचारीलाई मापदण्ड नबनाई बिनाआधार प्रदेश र स्थानीय तहमा खटाउने व्यवस्था, प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रायलको सचिव पदमा सम्भव भएसम्म ज्येष्ठता र कार्यक्षमताको आधार खटाउने भन्ने स्वविवेकीय व्यवस्था लगायत बुँदामा असन्तुष्टि जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१