यूनिप्स स्पोर्टस् मिट

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५
unips_Fotor

पोखरा, २७ मंसिर। निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स) को चौथो स्पोर्टस् मिट जारी छ ।

छात्रतर्फ फुटबल, छात्र-छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिकस्थित खेल मैदानमा संचालन गरिएको प्रचार-प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिए।

विहीवार छात्र फुटबल खेल पिनाकल एकेडेमी र कालिका इङलिस बोर्डिङ स्कूलले जितेका छन्।

भलिबल छात्रतर्फ वेलनन, स्माइल हेभेन र एकता एकेडेमी विजयी भए।

कब्बडी छात्र जुनियरतर्फ वेललन, स्माइल, गेफ र पिनाकलले जित हासिल गरे।

सो इभेन्टको छात्रा जुनियरमा गेफ सेकेण्डरी, ज्ञानकुञ्ज, जनकल्याण र होली एञ्जल बिजयी रहे। प्रतियोगितामा यूनिप्सअन्तर्गत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहेको अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन।

खेलको औपचारिक उद्घाटन पुस १ मा पोखरा रंगशालामा हुनेछ  ।

Related News

सम्बन्धित समाचार

  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…

hero news full width