पोखरा, २६ मंसिर। गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा बिस्तार गरेको शाखाको औपचारिक समुद्घाटन गरेको छ।
शाखाको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले समुद्घाटन गरे।
अतिथि पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एवं ग्रामिण क्षेत्रका जनताको घर दैलोसम्म वित्तिय सेवा पुर्याउदै जनताको सहयोगी बन्न सकोस् भन्ने धारणा राखे।
कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा जानकारी गराउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले केन्द्रीय कार्यालयसहित देशका ७७ शाखा कार्यालयमार्फत् सेवा प्रदान गरेको बताए।
थापाले बैंकले आ.व. २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न सफल भएको, निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जातर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको सो अवसरमा जानकारी गराए।
बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत (वीर), राप्ती बवई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्य शर्मा, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले शुभकामना मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१