पोखरा, २३ मंसिर । साना किसान कृषि सहकारी संस्था लि.को १३ औं वाषिर्क साधारणसभा अवसरमा कृषि कार्यमा लागि उत्कृष्ट बन्न सफल ४ जना कृषकलाई सम्मान गरिएको छ ।
उद्यमशीलताका माध्यमबाट व्यावसायिक कृषिको प्रयोग गर्दै समाजमा उदाहरणीय बन्न सफल पोखरा २१ का नवराज सुवेदी, उदयराज पोख्रेल, यमप्रसाद गौतम र गंगामाया भण्डारीलाई शनिवार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
सम्मानित चारै जना सहकारीमार्फत कृषि ऋण लिई पशुपालन, व्यावसायिक तरकारी तथा पुष्प खेती गरी मनग्य आम्दानी गर्दै समाजमा अनुकरणीय बनेको संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट सञ्चालक सम्मानबाट झलकबहादुर थापालाई नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कृषकलाई सम्मान गर्दै पोखरा २१ वडाध्यक्ष खगराज आचार्यले व्यावसायिक कृषिका क्षेत्रमा लाग्ने जो कोहीलाई वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
२०६२ सालमा स्थापना भई सञ्चालनमा आएको सो सहकारीका १ हजार ६३ जना सेयर सदस्यमध्ये ७१ प्रतिशत महिला छन् ।
कार्यक्रममा कृषि सहकारी गण्डकी प्रदेश संयोजक राजमी अधिकारी, वडा सदस्य सीता विक, खानेपानी योजनाका अध्यक्ष दाताराम आचार्य, संस्थाका पूर्व अध्यक्ष इश्वरीप्रसाद पोख्रेल, सम्मानित कृषक उदयराज पोख्रेल र गंगामाया भण्डारी लगायतले कृषि पेशालाई सम्मानित र मर्यादित बनाउनु पर्ने बताए ।
संस्थाका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष योगेन्द्र सुवेदीले स्वागत तथा सचिव सुनिता सापकोटा र प्रबन्धक धर्मराज अधिकारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१