पोखरा, १९ मंसिर । पोखरा इञ्जिनियरिङ कलेजको दुर्इ सातादेखि अन्यौलमा रहेको विवाद समाधान भएको छ । क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच बैठक बसेर सहमति खोजिएको हो ।
स्ववियु चुनाव विषयलाई लिएर क्याम्पसभित्र विद्यार्थी संगठन आन्दोलित थिए । तत्काल चुनाव माग गर्दै नेपाल विद्यार्थी संघले मंसिर ७ मा तालाबन्दी गरेको थियो । त्यसको २ दिनपछि असम्बन्धित ब्यक्तिहरुले ताला फोडेको आरोप लगाउँदै नेवि संघले क्याम्पसमा थप तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
तोडफोड र तालाबन्दी घटनाबारे छानबिन माग गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले मंसिर १० मा संयुक्त विज्ञप्ति निकालेका थिए । लामो समय छलफल र वार्ता गरेपछि मंगलबार घटनाबारे सहमति निकालिएको हो । अनेरास्ववियुले पनि तत्काल स्ववियू चुनाव गराउन माग गरेको छ । क्याम्पस प्रशासनले चाहीँ विद्यार्थी कल्याणकारी परिषद्को चुनाव गर्ने तयारी गरेको छ । माघ ५ मा परिषद्को चुनाव गराउने क्याम्पसको तयारी छ । यद्यपि सबैजसो विद्यार्थी संगठनले परिषद्भन्दा स्ववियु चुनावलाई प्राथमिकता दिनुपर्ने माग अघि सारेका छन् ।
मंगलबार बसेको बैठकले परिषद् र स्ववियुमध्ये एउटालाई प्राथमिकता दिन समन्वय समिति गठन गर्ने निर्ण्र्ाा गरेको छ । समितिमा क्याम्पस प्रशासनबाट २ जना र विद्यार्थी संगठनबाट १/१ जना प्रतिनिधि रहनेछन् र समितिले पोखरा विश्वविद्यालयसँग समन्वय गर्नुपर्नेछ ।
बैठकमा क्याम्पस प्रशासनबाट सहायक क्याम्पस प्रमुख रोजना जोशीको संयोजकत्वमा राजु पुरी, सुरज वसन्त तुलाचन, अनुज शेरचन, हिमलाल भुषाल, चिजकाजी गुरुङ र अम्बर गुरुङ सहभागी थिए भने विद्यार्थी संगठनबाट सुन्दर गिरी, किशोर सुवेदी, विनय कार्की, भीष्मराज पौडेल, मौसम बराल र मौसम तिमिल्सिना सहभागी थिए ।
योसँगै, विद्यार्थीका अन्य माग पनि प्रशासनले सम्बोधन गरेको छ । अनियन्त्रित रुपमा राखिएका निर्माण सामग्री तत्काल व्यवस्थित गर्ने, ओभरसियर र ब्याचलरका विद्यार्थीको पुस्तकालय छुट्टाछुट्टै बनाउने, इ-लाईब्रेरी व्यवस्थापन गर्ने लगायत १० बुँदे सहमति भएको हो ।
सहमतिपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको अनेरास्ववियु प्रतिनिधि सुन्दर गिरीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१