हेमजामा कृषि तालिम

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
hemja tranning photo

हेमजा, १७ मंसिर । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको आयोजनामा सोमवार महिलाहरुको लागि कृषि तालिम दिइएको छ ।

तालिम उद्घाटन गर्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले तालिम उपलब्धिमूलक हुनुपर्नेमा जोड दिँदै तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सुझाव दिए ।

रेडक्रस कास्कीका उप-कोषाध्यक्ष कृष्णप्रसाद पौडेलले आगामी दिनमा पनि यस्ता तालिमहरु संचालन गरिनुपर्ने बताउँदै सहभागीलाई धन्यवाद दिएका थिए ।

तालिममा गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका प्राविधिक सहायक गुरुप्रसाद अर्यालले मौसमी तथा बेमौसमी बालीका बारेमा सहजीकरण गरेका थिए । तालिममा ३५ जनाको सहभागिता थियो । उपशाखाकी लैङ्गीक तथा समावेशीकरण समिति संयोजक रमा त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रेडक्रसकी आजीवन सदस्य धना तिम्सिनाले स्वागत तथा सहसचिव मीनबहादुर थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width