बासु स्मृति पुरस्कारबाट स्रष्टात्रय सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५

स्याङ्जा, १७ मङ्सिर । बिभिन्न बिधामा निरन्तर कमल चलाउने ३ जना स्रष्टालाई आइतवार स्याङ्जामा बासु स्मृति सम्मानबाट सम्मानीत गरिएको छ ।

सम्मानीत हुने स्रष्टाहरुमा इतिहास र संस्कृतिको अन्वेषण गरेवापत प्राध्यापक डा. दिलबहादुर क्षेत्री, नेपाली साहित्यको श्रीबृद्धिमा योगदान पुर्‍याएवापत साहित्यकार देवेन्द्र लम्साल र ०७ साल अघिदेखि नेपाली मौलिक संस्कृति झल्किने लोकसाहित्यमार्फत सामजिक आन्दोलनमा सकृय ८८ बषिर्य डिल्लीरमण न्यौपानेलाई बासु स्मृति सम्मानबाट सम्मानीत गरिएको हो ।

सम्मानित स्रष्टाहरुलाई लोकगायिका एवं पूर्व प्राज्ञ हरिदेवी कोइरालाले सम्मानीत गरेकी हुन् । स्रष्टा सम्मान कार्यक्रममा बोल्दै कोइरालाले भनिन्, ‘आधीखोले र ज्याग्दीखोले संस्कृतिका धनी स्याङ्जाली स्रष्टाले बिभिन्न विधामार्फत साामाजिक रुपान्तरणमा योगदान पुर्‍याएकोमा गर्बको अनुभूति भएको छ ।’

इतिहास निर्माण गर्ने अग्रणी पुस्ताका लागि प्रेरणाको स्रोत बासु स्मृति सम्मान रहने कोइरालाले बताइन् । उनले साधन स्रोत र उत्प्रेरणाको अभावका बाबजुद पनि स्याङ्जाली स्रष्टाले निरन्तर साधना गरिरहेकोमा उच्च मूल्यांकन गरिएको बताइन् । कोइलाले भनिन्, ‘स्याङ्जाली साहित्यकार अन्वेषकले मुलुकको राजनीतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका छन ।’ कार्यक्रममा सम्मानित व्यक्तित्व डिल्लीरमण न्यौपाने, देवेन्द्र लम्साल, प्राडा दिलबहादुर क्षेत्री, नेपाली काँग्रेसका सचिव कुमार राना, साहित्यकारहरु पिताम्बर नेपाली र देवीप्रसाद वनवासी, टिकाराम वाग्ले, त्रिभुवन पौडेल, बालनरसिंहका नाती विश्वबिक्रम अधिकारी, डा यामबहादुर क्षेत्री, बालनरसिंहका साथी भुवनसिंह अधिकारी, पुतलीबजार नगरपालिका १ का अध्यक्ष निर्मलकुमार शेरचन, भीरकोट नगरपालिका ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, अधिवक्ता तुलसी गिरी, मानबहादुर कृष्णकुमारी ट्रष्टका अध्यक्ष शैंलेन्द्रजंग कार्की, महिला नेतृ हिरादेवी शर्मा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, घरेलु उद्योग महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, साहित्यकार चक्रपाणि कोइरालालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा बालकवी द्धय परिवेश मरासीनी र यज्ञराज उपाध्यायलगायतले कविता बाचन गरेका थिए । बालनरसिंह सुवर्णकुमारी अधिकारी गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष इन्द्रेणी अधिकारीले स्वागत, संरक्षक शेरजंग अधिकारीले धन्यवाद एवं सचिव रविन केसीले संचालन गरेका थिए ।

आफ्ना मातापिताको स्मृतिमा तोरणध्वज अधिकारीद्धारा स्थापित बालनरसिंह – सुवर्णकुमारी  (बासु) अधिकारी गुठीद्धारा स्थापित बासु स्मृति पुरस्कारबाट अहिलेसम्म १० जना व्यक्ति र एक संस्था सम्मान भएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width