लमजुङ, १७ मङ्सिर । लमजुङमा आयोजना गरिएको अन्तरपालिका भलिबल प्रतियोगितामा रागिनास नगरपालिकाको टिम विजयी भएको छ । बेसीशहर नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगिता फूलबारी मञ्चको खेल मैदानमा खेलाइएको थियो ।
मध्यनेपाल नगरपालिका र रागिनास नगरपालिकाको टिमबीच भएको फाइनल खेलमा रागिनास नगरपालिका विजयी भएको जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले बताए । उनका अनुसार बेष्टअफ फाइभका आधारमा खेलाईएको सो प्रतियोगितामा मध्यनेपाल नगरपालिकाको टिमलाई सिधा ३ सेटमा जित्दै रागिनास नगरपालिका पहिलो भएको हो ।
प्रतियोगिताको विजेता रागिनासले ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेताले नगद १० हजार ट्रफी र प्रमाणपत्र हात पारे ।
विजयी खेलाडीलाई बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले पुरस्कार र प्रमाणपत्र वितरण गरे । लिक कम नक आउटका आधारमा खेलाइएको सो प्रतियोगितमा जिल्लामा रहेको ८ पालिकाबाट एक/ एक टिमले सहभागिता जनाएको जिल्ला भलिवल संघका अध्यक्ष बासु पौडेलले बताए ।
सो प्रतियोगितामा सवोर्कृष्ठ खेलाडीमा दोर्र्दी गाउँपालिकाका सुदीप परियार, बेष्ट सटरमा रागिनास नगरपालिकाका सरोज कुमाल र बेष्ट लिफ्ट वयरमा मध्यनेपाल नगरपालिकाको टिमका सुशील कुमाल पुरस्कृत भए । विधागत विजेताहरूले जनही २ हजार नगद र प्रमाणपत्र पाए । पुरस्कार वितरण कार्यक्रम जिल्ला भलिवल संघका अध्यक्ष बासु पौडेलको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१