पोखरा रोयल सहकारीको तरकारी खेती तालिम

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
Pokhara Royal photo

पोखरा, १७ मंसिर। पोखरा रोयल सहकारी संस्थाले लघुवित्त समूहमा आवद्ध महिला सेयर सदस्यका लागि एकदिने बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम गरेको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ११ मा संचालन गरिएको तालिममा ४५ जना महिला सदस्यको सहभागिता थियो।

तालिममा बीउँ छनोट, उपयुक्त माटो, मल, बारी छनोट, बेर्ना उमार्ने तरिका, सिँचाइ, रोगको जैविक तथा कीटनाशक औषधि प्रयोग, उत्पादन तथा बजारबारे जानकारी दिइएको थियो। तालिममा सरस्वती गौतमले सहजीकरण गरेकी थिइन्।  तालिम उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका वडा ११ का वडाध्यक्ष दलबहादुर थापालेे तालिमले महिलालाई व्यावसायिक बनाउन तथा आयआर्जनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहकारीका प्रशासन तथा व्यवसाय प्रवर्द्वन विभाग प्रमुख उमनाथ आचार्यले पोखरा रोयल सहकारीले आफ्ना सदस्यलाई बचत तथा ऋणसम्बन्धी कार्यक्रममात्र नभइ व्यावसायिक र उद्यमशीलता बनाउने कार्यक्रम पनि संचालन गर्दै आएको बताए।कार्यक्रम सहकारीका लघुवित्त विभाग प्रमुख लिलाधर पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width