पोखरा, १६ मङ्सिर । पोखरामा पाचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव २०१८ हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा डिसेम्बर १० देखि १२ सम्म महोत्सव गर्न लागिएको हो ।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघले डिसम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवस घोषणा गरेपछि नेपाल पर्वतारोहण संघले पनि पर्वतीय महोत्सव आयोजना गर्दै आएको हो ।
पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा विगत ५ बर्षदेखि मनाइंदै आएको पर्वतीय महोत्सवमा हिमाली संस्कृतिलगायत गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङलगायतका जाति समुदायको परम्परागत साँस्कृतिक प्रस्तुति, झाँकीहरु प्रदर्शन गर्नुका साथै खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ ४५ किमीको अल्ट्रा म्याराथन हुनेछ ।
जसलाई ‘एनएमए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ नाम दिइएको छ । नबिल बैंकको प्रायोजन रहेको म्याराथन विजेताले एक लाख, उपविजेताले ५० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने र महिलालाई २३ किमीको हाफ म्याराथनको व्यवस्था गरिने संघका अध्यक्ष सन्तबीर लामाले जानकारी दिए । महिलातर्फको हाफ म्याराथनमा विजेताले ५० हजार, उपविजेताले २५ हजार र तृतीयले १५ हजार पाउनेछ ।
त्यसैगरी ‘एनएमए हिमालयन साइक्लिङ र ‘एनएमए टोनी हेगन टुरिज्म पन्टिङ’ आयोजना गरिने छ । विजयीलाई साइक्लिङतर्फ विजेताले एक लाख १० हजार र पन्टिङतर्फ विजेताले ५५ हजार पुरस्कार पाउनेछन् ।
महोत्सवमा विज्ञान, प्रविधि, खानाका परिकार, सूचना केन्द्र, विभिन्न पर्यटकीय वस्तुसहितका ३० भन्दा बढी व्यावसायिक स्टलहरु रहनेछन् । गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली तामाङलगायतका अन्य जनजाति तथा समुदायका सांस्कृतिक नाच तथा खानाका परिकारलाई समेत प्रतिस्पर्धात्मकरुपमा राखिने र उक्त खानाका परिकारमध्ये प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
यसपटक पोखराको पर्यटनसम्बद्ध संघसंस्थालाई समेट्ने प्रयास गरिएको र यहाँको पर्यटन प्रबर्द्धन हुने लामाको जिकिर थियो । पर्यटन बोर्डको सहकार्यमा हुने महोत्सवले भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्ने हिसावले पर्वतीय महोत्सव आयोजना गरिएको लामाले बताए ।
महोत्सवस्थलमा स्टलहरु निःशुल्क उपलब्ध गराइने संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । यसका साथै महोत्सवमा हिमालयन साइक्लिङ, टोनी हेगन टुरिजम पेन्टिङ, तारो हान्ने र छेलो हान्ने, बोल्डरिङ क्लाइम्बिङ समावेश गरिएको छ । गुरुङका अनुसार प्रसिद्ध हिमाल आरोहण गर्नेलाई सम्मान गर्ने कार्यक्रमसमेत छ ।
५० हजार भन्दा बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । विगतका बर्षमा महोत्सव खासै प्रभावकारी नभएको सञ्चारकर्मीको जिज्ञासामा यसपटक अलिक बृहत् बनाउने र केही नयाँ इभेन्टहरु समावेश गर्न लागिएको आयोजकको भनाई छ ।
महोत्सव सफल पार्न संघका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको र समितिमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि रहेका छन् । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१