पोखरा, ११ मंसिर।नेलम्बो नेपाल र माछापुच्छे्र गाउँपालिका-६ धितालको आयोजनामा दुर्इ दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा दुर्इ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभासद रामजीप्रसाद बरालले नेलम्बो नेपालले आफ्नो क्षेत्रलाई सम्झेर आएकोमा आभार व्यक्त गरे।
शिविरमा गण्डकी मेडिकल कलेज तथा भेडावारी सामुदायिक स्वास्थ्यचौकीका विज्ञले सामान्य चिकित्सा, हाड तथा जोर्र्नी, दाँत र अल्ट्रासाउण्डका सेवा प्रदान गरेका थिए भने ल्याब टेक्निसियनमा फिस्टेल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो।
दुर्इ दिनसम्म सञ्चालित शिविरमा दोस्रो दिन विज्ञद्वारा सचेतना कार्यक्रम गरिएको थियो। जसमा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सके मानव जीवन समृद्ध हुने बताए।
यस्तै स्वास्थ्यकर्मी निर्मला देवकोटा र शमिका बस्नेतले स्वच्छ खानेपानी, पौष्टिक आहार, सरसफाइ र फोहर व्यवस्थापन विषयमा सचेतना गराएकाथिए।
कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोेटा, कार्यक्रम संयोजक किसन कोइराला र धिताल-६ का वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१