४३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७५
Aama Meelan Kendra

पोखरा, ९ मङ्सिर । ४३ जना ज्येष्ठ नागरिकहरुले पोखरामा आइतबार आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । फेवा सिटी हस्पिटलको प्राविधिक सहयोगमा आमा मिलन केन्द्र, ज्येष्ठ नागरिक परिचालन तथा व्यवस्थापन समितिले स्वास्थ्य परीक्षणको कार्यक्रम आयोजना गरेको हो ।

संस्थाको नियमित कार्यक्रमअन्तरगत ज्येष्ठ नागरिकहरुलाई लागि मधुमेह, रक्तचाप र अन्य रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षणलगायत प्रयोगशालाको सेवा, सुविधा उपलब्ध गराइएको कार्यक्रम संयोजक निर्मला घिमिरेले बताइन् ।

प्रमुख अतिथि तथा फेवा सिटी हस्पिटलका प्रमुख व्यवस्थापक त्रिभुवन पराजुलीले ज्येष्ठ नागरिकहरुको पहिचान, परिचयात्मक तथा स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पराजुलीले अग्रसर आमा मिलन केन्द्रले अभिभावकसरहका ज्येष्ठ नागरिकप्रति देखाएको सम्मान र सहयोगको प्रशंसा गरे । पराजुलीले आमा मिलन केन्द्रले गर्ने जुनसुकै सामाजिक कार्यमा हस्पिटलको सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समाजसेवी रामप्रसाद घिमिरे, शिक्षासेवी त्रिभुवन पौडेल, संस्थाका सल्लाहकार ध्रुवराज पौडेल र ज्येष्ठ नागरिक दामोदर गौतमलगायतले आफ्ना धारणा राखेका थिए ।

आमा मिलन केन्द्र, ज्येष्ठ नागरिक परिचालन तथा व्यवस्थापन समितिकी संयोजक निर्मला घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी संरक्षक इन्दिरा पौडेलले स्वागत तथा कार्यक्रममाथि प्रकाश र समितिका सह-संयोजक शेषबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width