राइनो गोल्डकपको उपाधि च्यासललाई

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
rhino

नवलपरासी, २९ कात्तिक। नवलपरासीको मध्यविन्दु २, कोल्हुवामा सञ्चालन भएको राईनो संरक्षण गोल्ड कपको उपाधि विमल र्घर्तीमगरको च्यासल युथ क्लबले जितेको छ।

नेपाल पुलिस र च्यासल युथ क्बलबीच विहीवार भएको फाइनलमा च्यासलले ट्राबेकरमा ५-३ गोलअन्तरमा पुलिसलाई हराउँदै उपाधि जितेको हो ।

उपाधि विजेता च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाए।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पुलिसका अभिषेक रिजालले पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको भए पनि च्यासलका विक्रम लिम्बुले त्यसको ३ मिनेटमै गोल फर्काएर खेललाई बराबरीमा लगेका थिए ।

२१ औं मिनेटमा च्यासल युथ क्लब र दोस्रो हाफको २३ औं मिनेटमा नेपाल पुलिस क्लबले आत्मघाती गोल गरेका थिए ।

निर्धारित समयसम्म खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा दुवै टिमबाट गोल नकिस्केपछि खेल निर्णयार्थ ट्राइबेकरमा धकेलिएको थियो ।

फाइनल पुगेका टिमलाई म्याच मनि प्रतिखेलाडी १ लाखका दरले वितरण गरिएको खेल आयोजक संस्था नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

एकसिंगे गैडा संरक्षणका लागि गरिएको प्रतियोगिताको विजेता तथा उपविजेतालाई गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता सांसद कृष्णचन्द्र नेपालीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा ए डिभिजनका र विभागीय टिम गरी १२ टिमको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width