लमजुङ, १२ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लमजुङस्थित आठ वटै स्थानीय तहमा संयन्त्र गठन गरिएको छ।
नेकपा गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमार्फत संयन्त्र गठन गरिएको जनाइएको हो।संयन्त्र अनुसार चार नगरपालिकाहरूमा वेशीशहर नगरपालिकामा राजकुमार विष्ट, लक्ष्मी अधिकारी, यशोदा रिमाल, जीवराज घले, हरिजंग तामाङ, देवबहादुर गहतराज, सुनिता पाण्डे र शोभा थापा छन्। सुन्दरबजार नगरपालिकामा भीम गुरुङ, लोकराज पाण्डे, जनकराज मिश्र, प्रेमबहादुर दुरा, मुरारी भुजेल, कृष्णबहादुर सुनार, गेहेन्द्र मिश्र, शान्ता भुजेल रहेका छन्।
मध्यनेपाल नगरपालिकामा कृष्णप्रसाद पौडेल, राजकुमार श्रेष्ठ, योगेन्द्रनारायण शाह, लालसुव्वा गुरुङ, रामचन्द्र पौडेल, वलराम पौडेल, श्रीभद्र रेग्मी, नवराज घिमिरे रहेका छन्।
रागिनास नगरपालिकामा पूर्णबहादुर गुरुङ, सिंहबहादुर थापा, रामचन्द्र भट्ट, बलराम घिमिरे, मेषबहादुर भण्डारी, इन्दिरा पोख्रेल, चन्द्रकान्त न्यौपाने, पुष्पराज खनाल रहेका छन्।
यसैगरी, गाउँपालिकाहरूको संयन्त्रमा दुधपोखरी गाउँपालिकामा रामहरि दवाडी, खड्गबहादुर गुरुङ, धनबहादुर गुरुङ, सतिमाया तामाङ, श्याम श्रेष्ठ र खेमबहादुर गुरुङ छन्।
मस्र्याङदी गाउँपालिकामा नन्दराम विक, अर्जुन गुरुङ, जीतबहादुर गुरुङ, अजय तामाङ, होमबहादुर विक र कृष्णबहादुर विक रहेको संयन्त्र गठन गरिएको छ। दोर्र्दीमा लोका अधिकारी, रामशाली घिमिरे, दिलबहादुर घले, भरत गुरुङ, अम्विका मरहठ्ठा र चिनबहादुर गुरुङ रहेका छन्।
त्यस्तै, क्ब्होलासोथार गाउँपालिकामा नारायणबहादुर गुरुङ, र्सूयप्रसाद गुरुङ, कुमारीमुनी गुरुङ, डम्बर गुरुङ, मोहनजंग गुरुङ र गंगाबहादुर गुरुङ छन्।
यसैगरी, कार्यालय सचिवको रूपमा कार्य गर्न जीवराज घले र सुनिल अटललाई तोकेको छ। पार्टीो सम्पति एकीकरण र व्यवस्थापन -सम्पन्न) एकीकृत गरी पार्टीो नाममा ल्याउनको लागि शुभाष पौडेल र मधु अधिकारीलाई जिम्मेवारी दिएको छ।
नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीको अध्यक्षतामा गरिएको सो कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहईञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले दिशा निर्देशन गरेका थिए। पत्रकार सम्मेलनको सञ्चालन नेकपा लमजुङका नेता पारशमसण पौडेलले गरेका थिए।
सो घोषणासँगै नेकपाले वेशीशहरमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षणको समेत आयोजना गरेको संविधानसभाका सदस्य एवम् पूर्वसांसद जमिन्द्रमान घलेले बताए। जिल्लाका आठ वटै पालिका र ७५ वटै वडाहरुमा पार्टीकार्यालयहरु व्यवस्थापन गर्ने गरी बैठकले संयन्त्र बनाएको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१