‘सहकारी विधेयक छिट्टै पास हुन्छ’

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७५
swaviman

पोखरा, ११ कात्तिक। पोखरा-१७ मा बसोबास गर्ने क्षत्री समुदायको अगुवाइमा स्थापित स्वाभिमान कृषि सहकारी संस्था लि.को प्रथम वाषिर्क साधारण सभा शनिवार सम्पन्न भएको छ।

प्रमुख अतिथि सांसद कृष्ण थापाले कार्यक्रम उद्घाटन गर्दै सहकारी विधेयक छिट्टै पास गरी कृषि क्षेत्रमा काम गर्नेहरुका लागि सुवर्णअवसर प्रदान गर्न आफूहरु लागि परिरहेको बताए। उनले सहकारीलाई चुस्तदुरुस्त बनाएर आमनागरिकको आर्थिकस्तर उकास्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिकाका कृषि शाखाका प्रमुख मनहर कडरियाले महानगरपालिकाको उद्देश्य पोखरालाई स्वच्छ, सफा, हराभरा बनाउने रहेको बताए। उनले राज्यबाट उपलब्ध हुने अनुदान कार्यक्रमलाई सहकारीहरुले चासोका साथ अवलम्बन गर्न आग्रह गरे।

पोखरा-१७ का कावा अध्यक्ष राधिका शाही योगीले अबका दिनमा वडा १७ लाई अगाडि बढाउन कार्ययोजना समेत बनाएको बताइन् । उनले वडाबाट कृषि संजालको निर्माण भएको र उक्त संजालमा सहकारी सदस्य समावेश भएर कृषि क्षेत्र उकास्न आग्रह गरिन्।

सहकारी उपाध्यक्ष समेत रहेकी पत्रकार महासंघ, कास्की उपाध्यक्ष बिमला भण्डारीले पोखरामा ८ सय सेयर सदस्य लिएर कृषि क्षेत्रमा लगानी गरी आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरिएको सहकारी रहेको बताउँदै उनले सहकारीले सहकारीका सात सिद्धान्त आत्मसाथ गर्दै अघि बढेको बताइन्। वडावासी सहकारी स्थापनासं’गै विभिन्न उत्पादन क्षेत्रमा काम गर्न उत्साहित रहेको बताउँदै छोटो समयमा पनि उल्लेख्य काम गरेको बताइन् ।

कार्यक्रममा सहकारी अध्यक्ष लक्ष्मण कार्कीले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाका सचिव कृष्णबहादुर थापाले आव २०७४/०७५ को वाषिर्क प्रतिवेदन प्रस्तुत गरे। उनका अनुसार संस्थामा हालसम्म सेयर सदस्य आठ सय आठ पुगेका छन् ।

यस्तै, संस्थाका कोषाध्यक्ष कमलबहादुर रेग्मीले आर्थिक प्रतिवेदन तथा आगामी आवको अनुमानित वाषिर्क कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।

कार्यक्रममा महिला सेयर सदस्यतर्फाट मनुमाया खत्री र पुरुषबाट सेयर सदस्य देवीबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा निक्षेपकर्ताका रुपमा संस्थाका कोषाध्यक्ष कमलबहादुर रेग्मी, लक्षिमा कार्की गोदार, असल कर्जाग्राहीतर्फमीना कार्की र प्रदीपबहादुर बराललाई सम्मान गरियो । यस्तै, ज्येष्ठ नागरिक सम्मानबाट धनसुब्बा खत्री सम्मानित भइन् भने सेयर सदस्यका छोराछोरीमध्ये सुशन खत्री र सञ्जय थापालाई सम्मान गरियो ।

कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन सहकारीका संचालक कृष्णकुमारी तथा संचालन शिक्षा समिति सदस्य मञ्जु ढकाल र लेखा समिति सदस्य अर्चना बस्नेत रोकाले संयुक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width