‘कान्छी रयाँइ रयाँइ’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५

पोखरा, २८ असोज।गायक कुमार शर्माको नयाँ गीत ‘कान्छी र्‍यार्ँइ र्‍यार्ँइ’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। भिडियो साझेदार साइट युट्युब तथा विभिन्न टेलिभिजनमार्फत गीत सार्वजनिक भएको हो। गीतमा गायक कुमार शर्माको  शब्द संगीत र स्वर रहेको छ भने गीतको एरेन्ज देबेन्द्र नेवाले गरेका छन्।

विगत एक दशक अघिदेखी गीत संगीतमा लागेका गायक शर्माले यसभन्दा अगाडि ‘कथा जिन्दगी’ नामको अडियो भिडियो एल्बम निकालेका थिए। यसअघि, बजारमा सोलो गित लिएर आएका कुमार भने अहिले नाचौं, नाचौं लाग्ने गीतमा चल्तीकी नायिका सिल्पा पोखरेललाई लिएर भिडियोमा कुमार आफैले अभिनय गरेका छन्।

पोखराको पन्थी गल्लीमा कपडाको होलसेेल ब्यबसाय गरेर बसेका कुमारको गीत संगीतप्रतिको माया र लगाव कहिलै नटुंगिने र गायनमा निरन्तरता रही रहने गायक कुमारले बताए। यसअघिका गीतले खासै बजार नपिटेपनि यतिबेला यो डान्सिङ गित भएको कारण दर्शकको माया पाउनेमा कुमार विश्वस्थ छन्।

उक्त गीतको निर्देशन अर्जुन अधिकारीले गरेका छन् भने सरोज अधिकारीको छायांकन  रहेको भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन। अडियो भिडियो हाइलाइट नेपालको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै