पोखरा, २४ असोज । पोखरा वडा ४ बाट कर संकलन शुरु भएको छ ।
महानगरले वडा तहबाटै नागरिकलाई सेवा दिने घोषणा गरेपछि ४ नम्बर वडाले पनि संरचना तयार गरी बुधबारदेखि काम थालेको हो । नाता प्रमाणितसहित चारकिल्ला, आयश्रोत प्रमाणित, सम्पत्ति मूल्यांकन, करचुक्ता, अनलाइन व्यक्तिगत घटना दर्ता, सरसफाइ शुल्क, अंग्रेजी सिफारिस लगायत काम वडाबाटै हुने वडाध्यक्ष शंकर बास्तोलाले बताए।
‘स्थानीय सरकार बनेपछि जनतालाई तल्लो तहबाटै सेवा दिने हो । वडा सरकारले पनि आफ्ना जनतालाई अधिकतम सेवा वडाबाट दिनेछ,’ उनले भने, ‘वुधवारदेखि केही काम शुरु भएको छ । अब सम्पत्ति कर पनि वडाबाटै लिनेछौं ।’
वडा कार्यालयको भवन निर्माणाधीन छ । ३२ लाख ५५ हजार रुपैयाँमा सम्झौता गरेर काम गरे पनि स्टिमेट गलत परेकोले अहिले रोकिएको वडाध्यक्ष बास्तोलाले बताए । नयाँ स्टिमेट गरेर पुनः काम शुरु गर्ने उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१