पोखरा, २४ असोज। नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक शाखा समिति पोखराले दशैतिहार, नेपाल सम्बत्, छठ तथा इद अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
प्रमुख अतिथि राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोषनाथ गौतमले सबै नेपालीको एकता औंल्याए।
सबैको एकताले आसुरी शक्तिमाथि विजयप्राप्त गर्नुपर्नेमा निर्देशक गौतमले जोड दिए। उनले भने, ‘यस पटकको विजयदशमीले हामी सबैलाई खराब प्रवृत्तिमाथि विजय गर्ने शक्ति प्राप्तहोस्।’
नेपाल वित्तीय संस्था कर्मचारी संघ कास्कीका अध्यक्ष ज्ञाज शर्माले चार्डपर्वले हरेक नेपालीलाई एकताको सूत्रमा बाँध्न सकोस् भनी शुभकामना दिए ।
कार्यक्रममा ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, नेपाली सेनाका सेनानी भीम कार्की, नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिका अध्यक्ष कृष्णप्रसाद खराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा उत्कृष्ट अंक ल्याएर २०७४ को एसर्इइ परीक्षा उत्तीर्ण राष्ट्र बैंक पोखराकी कर्मचारी तारा पोखरेल शर्माकी छोरी शिरीषालाई प्रशंसापत्रसहित सम्मान गरियो । उनले ३.८५ जीपीए ल्याएकी थिइन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बेंक शाखा समितिका अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यामबहादुर रानाभाटले स्वागत र सचिव राजेन्द्र लम्सालले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१