लेखनाथ, २२ असोज ।पोखरा-२६ स्थित सेभेनलेक कृषि सहकारी संस्था चौथो बाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सासंद खगराज अधिकारीले निर्वाहमूखी कृषि उत्पादनलाई पर सारेर ब्यवसायी उत्पादनबाट समृद्ध नेपाल बनाउने अभियानमा समाहित हुन आग्रह गरे ।
‘अव, कुरा धेरै गरियो । त्यसैले, गफ र भाषणाले कृषिमा परिवर्तन आउँदैन । अवको अवश्यकता भनेको कृषिमा आधारित उद्योगधन्दाहरु संचालन गरी कसरी कृषि उत्पादनलाई वढाउन सकिन्छ भन्नेबारे चिन्तनशील हुनुपर्छ,’ सांसद अधिकारीको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी मञ्चका केन्द्रीय प्रतिनिधि तेजनारायण अधिकारी, वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद बराल, सत्यता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्कबहादुर रानाभाट, खाष्टे न्यूरेनी मत्स्य सहकारी संस्थाका अध्यक्ष हरि अधिकारी, संस्थाका व्यवस्थापक कृष्णप्रसाद अधिकारी र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका अध्यक्ष विष्णुप्रसाद बराललगायतले आफ्नो धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुशराज तिमिल्सेनाले स्वागत र सचिव सुबिन तिमिल्सेनाले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा असल कर्मचारीतर्फ ब्यवस्थापक कृष्णप्रसाद अधिकारी, असल कारोवारी, असल बचत तथा असल ऋणिहरुलाई समेत सम्मान गरिएको थियो । कूल ७ सय ५९ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी २ करोड २१ लाख, ३४ हजार ८ सय छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१