शान्ति समाज कास्कीको २० औं साधारण सभा

मुलुकमा दण्डहिनता मौलायो : अध्यक्ष बास्तोला

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५
IMG_1224

पोखरा, २० असोज। स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मुलुकमा दण्डहिनता एवं अराजकता मौलाएको बताएका छन् ।

उनले विश्वमा पशुअधिकारको बहस चलिरहेका बेला नेपालमा मान्छेकै जीउधनको सुरक्षा नभएको बताए। मानवअधिकार तथा शान्ति समाज, कास्कीको २० औ वाषिर्क साधारणसभा शनिबार उद्घाटन गर्दै बास्तोलाले सो कुरा बताएका हुन् ।

उनले सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको बताउँदै नागरिक आफ्नो सुरक्षाको लागि आफै सचेत हुनुपर्ने अवस्था सृजना भएको बताए। आदर्श समाज दैनिकका प्रधानसम्पादक समेत रहेका अध्यक्ष बास्तोलाले मानवअधिकारकर्मीको काम आफैमा असुरक्षित र चुनौतीपूर्ण भएको हुँदा अधिकारकर्मीले राज्यलाई खबरदारी गर्न बिर्सन नहुने बताए।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सामाजिक सरोकार संयोजक सूर्यप्रसाद ढकालले देशमा ब्याप्त अराजकता, द्वन्द्व एवं हिंसाकै कारण संस्थाको जन्म भएको बताउँदै शान्ति समाजले यस्ता मानवअधिकार हनन् एवं दमन्कारी ज्यादती सहेर नबस्ने बताए। साथै उनले राज्यलाई खबरदारी गर्नु समाजको पहिलो कर्त्तब्य भएको समेत बताए।

शान्ति समाज कास्कीका पूर्व सभापति भानु कँडेलले सरकार यतिबेला आँखा र कान बन्द गरेर बसेको आरोप लगाउँदै मानवअधिकारकर्मी चुप लागेर बस्न नहुने बताए।

समाजसेवी महिला एवं शान्ति समाजद्वारा सम्मानित व्यक्तित्व शशि तुलाचनले निर्मला पन्तले न्याय नपाउनु भनेको सम्पूर्ण नेपाली महिलाको जीवन असुरक्षित हुनु रहेको बताइन ।

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा भावना पोख्रेलले अधिकारकर्मीले नागरिकको सुरक्षाका लागि सशक्त भएर लाग्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा संस्थाले २०७४ सालको स्थानीय तथा संघीय निर्वाचनमा कास्कीको प्रतिनिधित्व गर्दै निर्वाचनको पर्यवेक्षण कार्यमा सहभागी सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो।

कार्यक्रममा समाजका सचिव रामकृष्ण ढुंगानाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बेलबहादुर नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाका सभापति अमृत सुवर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति तीर्थराज न्यौपानेले स्वागत र सचिव रामकृष्ण ढुंगानाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width