चितवन, १७ असोज । गृहमन्त्री रामबहादुर थापाले ३३ केजी सुनको अनुसन्धानको क्रममा चार हजार केजी सुनको तस्करी पत्ता लागेको खुलासा गरेका छन् ।
प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले यो सरकार आउनु अघिदेखि भइरहेको तस्करी पत्ता लगाएको बताए ।
उनले भने, ‘३३ किलो सुनमात्रै नभएर ४ हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।’
सुन तस्करीमा संलग्न साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उनले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन्, तबसम्म अनुसन्धान चलिरहने बताए ।
फरक प्रसंगमा गृहमन्त्री थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको बताए ।
यस्ता घटनामा सरकारले चाहेर मात्रै छिटो निचोड नआउने बताउँदै उनले भने, ‘कयौं अपराधीहरु १३ वर्षपछि पनि कठाघरमा आएका छन् । सरकारले चाहँदाचाहँदै पनि समय लाग्न सक्छ ।’
निर्मला प्रकरणमा सरकारले छानबिन गरिरहेको बताउँदै उनले भने, ‘अपराधीहरुलाई कानूनको घेरामा ल्याउने प्रयत्न गरिरहेका छौं । त्यसो हुँदाहुँदै पनि जसरी यो विषय उछालियो यसले के देखाउँछ भने अनावश्यक रुपमा राजनैतिककरण गरिँदै छ ।’
गृहमन्त्री थापाले अगाडि भने, ‘सरकारले अनुसन्धानको प्रक्रिया नथालेको भए, जो संदिग्ध दोषीहरु छन् उनीहरुलाई बचाउने कोशिस गरेको भए यो सरकारले दायित्व पूरा गरेन भन्ने हुन्थ्यो ।
सरकारले सबै प्रयत्न गर्दागर्दै पनि जसरी विषयलाई उछाल्नु भनेको अपराधलाई राजनैतिक करण गर्नु हो ।’
देशभर हुने यस्ता प्रकृतिका घटनामा सरकारले ९५ प्रतिशतभन्दा धेरै घटनामा अपराधीलाई कानूनी दायरमा ल्याएको उनको दाबी थियो ।
यो घटना पनि एउटा प्रक्रियामा रहेको बताउँदै उनले छानबिन समितिले औंलाएका निष्कर्षलाई आधार बनाएर थप छानबिन अनुसन्धान तीव्र रुपमा अगाडि बढेको बताए । छिट्टै नै दोषीहरु कानूनी कठघरामा उभिने उनले बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१