व्यवसायी अधिकारी सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५
Keshav-Adhikari

पोखरा, १५ असोज। लामो समयदेखि यातायात तथा पर्यटन व्यवसायमा क्रियाशील युवा व्यवसायी केशवप्रसाद अधिकारी सम्मानित भएका छन्।

यातायात व्यवसायका माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए बापत अधिकारीलाई राष्ट्र संरक्षण मिडियाले काठमाडौंमा आयोजित एक समारोहमा सम्मान गरेको हो।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अधिकारीलाई सम्मान गरे।

पोखरा-काठमाडौंमा एसियाकै स्तरीय पर्यटक बस सञ्चालन गर्न सफल अधिकारीकै अगुवाइमा नेपाल भारतमैत्री बस समेत सञ्चालन भइरहेको छ।

आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै बाहृय पर्यटक भित्र्याउन समेत योगदान पुर्‍याएकाले अधिकारीलाई सम्मान गरिएको बताइएको छ।

सम्मानले आगामी दिनमा थप रचनात्मक काम गर्न आफूलाई प्रोत्साहन मिलेको अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

  • धुँवा पुत्याउने गाडी फन्दामा

    धनबहादुर गुरुङ वैशाख २०, २०८१
    पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा प¥यो ।…
  • श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवस अवसरमा…
  • मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । मेजर वीरसिंह गुरुङको १२२ औं जन्मजयन्ती मंगलबार पोखरामा मनाइएको छ । मेजर वीरसिंह स्मृति प्रतिष्ठानकोे ११ औं वार्षिक…
  • पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ ।…
  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…

hero news full width