पोखरा, ११ असोज । पोखरा १२, शीतलादेवी माविमा आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।
लायन्स क्लब अफ पोखरा डल्फिनद्वारा आयोजित शिविरमा करिब ५ सय जनाले आँखा परीक्षण गराए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रामबहादुर कार्कीले उदाहरणीय कार्यको थालनी आफ्नै ठाउँबाट शुरु गरिएको बताए ।
शिविरका लागि मिराइ एजुकेसन कन्सल्टेन्सीको आर्थिक सहयोग गरेको थियो ।
विद्यालयलाई १ कार्टुन स्यानिटरी प्याड, डस्टविन, तथा फस्ट एड बक्स लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम संयोजक तथा मिराइ एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक सुरेन्द्र बरालले विद्यार्थीको पढाइस्तर उकास्न आफूले सक्दो सहयोग गरिरहने बताए ।
उनले यस्तै कार्यक्रम अन्य २० वटा विद्यालयमा क्रमशः सञ्चालन गर्ने जानकारी दिए ।
क्लब अध्यक्ष उमेशचन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सन्तबहादुर लामिछानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१