गरीबी र पछौटेपन मुख्य शत्रु : मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७५
silinga shaving

लेखनाथ, ७ असोज। गण्डकी प्रदेशका पर्यटन, वाणिज्य, वन तथा वातावरण मन्त्री विकास लम्सालले मानिसको मुख्य शत्रु भनेकै गरीबी र पछौटेपन भएको बताएका छन्।

सिलिङगे कृषि उत्पादक सहकारी संस्था, पोखरा २६ को १० औं वाषिर्क साधारण सभा उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् । उनले जसमा सृजनशील भावना हुँदैन, उसको आर्थिक उपार्जनमा पनि कमी हुने भन्दै उत्पादनशील क्षेत्रमा केन्द्रित हुन जोड दिए ।

प्रदेश सांसद दीपक कोइरालाले भविश्यमा पोखरामा बढ्ने पर्यटनलाई आधार मानी सहकारीहरुले अब पैसा नभै सेयर सदस्यको संकलित पुँजी कृषि उत्पादनतर्फ लगानी गरेर अगाडि बढ्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष नारायणप्रसाद बराल, संस्थापक सदस्य देवेन्द्र रानाभाट, वरिष्ठ सल्लाहकार मुरारी शर्मा, मुक्तिनाथ विकास बैंक बूढीबजार शाखा प्रमुख रामचन्द्र रानाभाट र पवित्र बचत तथा ऋण सहकारी संस्था अध्यक्ष शिवबहादुर रानाभाट लगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य काम गर्ने सामाजिक व्यक्तित्व, संस्थापक सदस्य, ज्येष्ठ नागरिक र असल सहकारी अभ्यासका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संचालन सचिव सूर्यप्रसाद बञ्जरा र स्वागत उपाध्यक्ष श्यामा सिग्देलले गरेकी थिइन्।

सेयर पुँजी चार करोड ६८ लाख रहेको सो संस्थामा सात सय २६ सेयर सदस्य छन्।

Related News

सम्बन्धित समाचार

hero news full width