पोखरा, ६ असोज । पानस बचत तथा ऋण सहकारी संस्था लि, पोखरा-८, सृजनाचोकको छैटौं वाषिर्क साधारणसभा शनिवार सम्पन्न भएको छ।
प्रमुख अतिथि जिल्ला सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद बरालले कार्यक्रम उद्घाटन गर्दै नयाँ सहकारी ऐनसम्बन्धी जानकारी गराए।
कार्यक्रममा सहकारीका उत्कृष्ट बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। बचतकर्तातर्फ कृष्णबहादुर गुरुङ ऋणीतर्फ नेत्रबहादुर खत्री र राजु वर्णल कर्मचारीतर्फ रति त्रिपाठीलाई सम्मान गरिएको हो ।
यस्तै, संस्थाका अध्यक्ष तिलबहादुर गुरुङले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष इन्द्रमान चौहानले कोषाध्यक्षको प्रतिवेन र लेखा संयोजक अर्जुन दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भएको थियो ।
संस्थाका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य महेश्वर रिमाल र सञ्चालन सचिव दुर्गाबहादुर थापामगरले गरेका थिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१